भारतीय मीडिया से घर लौटने की नेपाली जनता की मांग
नई दिल्ली। नेपाल में मोदी सरकार का हिंदुत्ववादी एजेंडे को लागू करने की भारतीय मीडिया की रणनीति भारत के गले की फाँस बन गई है। नेपाली मीडिया और नेपाली सोशल मीडिया में भारत सरकार व भारत के मीडिया के मोदियापे और भारतीय मीडिया की दादागीरी के विरुद्ध उबाल आया हुआ है। ट्विटर पर बाकायदा #GoHomeIndianMedia हैशटैग चल रहा है अपने पाठकों के लिए हम नेपाली भाषा में एक रिपोर्ट पोस्ट कर रहे हैं। थोड़ा धैर्य के साथ पढ़ने पर सारा माजरा समझ आ जाएगा।

भारतीय मिडियाको दादागिरीविरुद्ध ट्वीटरमा आक्रोश

काठमाण्डौ : नेपाललाई महाविपत्ती परेका बेला छिमेकी मुलुक भारतका सञ्चार माध्यमको अस्वभाविक गतिविधिको सामाजिक सञ्जालमा तीब्र विरोध हुन थालेको छ ।
भूकम्पको समाचार लेख्न नेपाल आएका भारतीय सञ्चारमाध्यमका प्रतिनिधिको अराजक गतिविधि र भारतीय सञ्चार माध्यमको हेपाहा प्रवृत्तिको ट्वीटरमा तीब्र विरोध हुन थालेको छ ।

An indian news reporter to a mother who's learnt her only son has been buried under their house. Q. How do you feel? #GoHomeIndianMedia
— Prasanna KC (@KC_Prasanna) May 3, 2015
'गो होम इन्डियन मिडिया' ह्यास ट्यागले ट्वीटर नै कब्जा गरेको छ । नेपालीमात्र होइन भारतीय नागरिकले समेत भारतीय सञ्चारमाध्यमको गो होम इन्डियन मिडिया ह्यास ट्याटबाट चर्को विरोध गरिरहेका छन् । ट्वीटरमा प्रयोग यो ट्रेन्ड्सले आइतबार विश्वव्यापी चर्चा पाइसकेको छ । भारतीय मिडियाका प्रतिनिधिले त्रिभुवन विमानस्थलदेखि भूकम्प प्रभावित क्षेत्रसम्म पुगेर हेपाहा प्रवृत्ति देखाएपछि उनीहरुविरुद्ध ट्वीटरमा आक्रोश पोखिएको हो । भारतीय नागरिकले समेत उनीहरुका मिडियाको तीब्र विरोध गर्न थालेपछि भारतीय मिडियालाई लाज जोगाउन कठिन भएको छ । ट्वीटरमा गो होम इन्डियन मिडिया ह्याज ट्याट प्रयोग गर्दै विवेकले भारतीय मिडियाले पत्रकारितको आधारभूत मूल्य मान्यता जान्नुपर्ने ट्वीट गरेका छन् ।

सहयोग जापानको जस्तो हुनु पर्छ, काम चिनियाँ को जस्तो हुनुपर्छ अनि बदनाम इन्डियनको जस्तो हुनुपर्छ। #GoHomeIndianMedia pic.twitter.com/59IgzJndHk — We Will Re-Build Npl (@deben24) May 3, 2015

‘मानिसलाई सहयोग गर्न र समाज निर्माणको लागि नै पत्रकारिता गरिनु आवश्यक छ’, उनको ट्वीटमा भनिएको छ, ‘भारतीय मिडियाले पत्रकारितको आधारभुत मुल्यमान्यता जान्न आवश्यक छ ।’

भूकम्प पीडितको उद्धार एवम् रातह वितरणमा सम्बन्धित पक्षलाई खबरदारी गर्नुको साटो नेपालीलाई पीडामाथी पीडा दिएको भन्दै ट्वीटरमा भारतीय मिडियाको कडा आलोचना भएको हो ।

Question to @aajtak @ndtv @ZeeNews @abpnewstv : After #GoHomeIndianMedia trend, how are you feeling? Does it hurt? Where does it hurt?
— अविरल (@mee_abiral) May 3, 2015
नेपालका मात्रै हैन भारतीय नागरिक समेत भारतीय मिडिया विशेष गरी टेलिभिजनबाट आजित भएको उनीहरुको ट्वीटबाट बुझ्न सकिन्छ । ट्वीटरमा पंकज जी लेख्छन्, ‘नेपाली दाजुभाइसँग मेरो आग्रह हाम्रा (भारतीय) टिभीले भूकम्प आउँदा कस्तो लाग्यो भनेर सोधेमा तिनीहरुलाई त्यही सिध्याइदिए हुन्छ ।’ त्यस्तै ट्वीटरमा ट्रथ अफ गुजरात हेन्टलले पनि भारतीय मिडियाप्रति आक्रोश पोखेका छन्, ‘नेपालीहरु ट्वीटरमा गो होम इन्डियन मिडिया ट्रेन्डिङ गरिरहेका छन् । मोदीका प्रचामुखी टिभी च्यानलको घर फर्कने समय आइसकेको छ ।’

Stop your Media-quake!! We are already in pang by devastating Earthquake and your news are not helping the victims!! #GoHomeIndianMedia

— सूचना घिमिरे ツ (@artless77) May 3, 2015

सभिन्द्र मानले भारतीय मिडियाविरुद्ध चलाइएको यो ट्रेन्ड एकदमै सही भएको तर्क गरेका छन् । ‘भूकम्पमा छोरो गुमाएकी आमालाई कस्तो लागिरहेछ भनेर सोधेको देखेको थिएँ । उनले कस्तो अनुभूति गरिन् होला, घृणित काम ।’

आइतबार दिउँसोसम्म ३० हजारको हाराहारीमा यो ह्याज ट्याट प्रयोग भइसकिएको छ । ट्वीटर प्रयोगकर्ताको यो रचनात्मक दबाबले भारतीय मिडियाको चेत खुल्न सहयोग गर्ने ट्वीटर प्रयोगकर्ताको टिप्पणी छ ।
See more at: http://annapurnapost.com/News.aspx/story/11217#sthash.UZDjIE9I.xiy5h5iy.dpuf