भारतीय दूतावास के अधिकारी पर वरिष्ठ नेपाली पत्रकार युवराज घिमिरे को धमकाने का आरोप
भारतीय दूतावास के अधिकारी पर वरिष्ठ नेपाली पत्रकार युवराज घिमिरे को धमकाने का आरोप
नेपाल की संप्रभुता में भारतीय हस्तक्षेप का चरम नमूना है युवराज घिमिरे को धमकी- नरेश ज्ञवाली
काठमाण्डू स्थित भारतीय दूतावास के एक अधिकारी पर नेपाल के वरिष्ठ पत्रकार युवराज घिमिरे को धमकाने के आरोप के बाद एक बार फिर नेपाल में भारत विरोधी स्वर तेज हो गए हैं।
युवराज घिमिरे नेपाल के प्रमुख अखबार अन्नपूर्णा पोस्ट के संपादक हैं। अन्नपूर्णा पोस्ट में लगातार भारत के हस्तक्षेप को लेकर प्रकाशित हो रहे समाचारों से नाराज़ होकर भारतीय दूतावास के प्रथम सचिव तथा प्रवक्ता अभय कुमार पर आरोप है कि उन्होंने युवराज घिमिरे को धमकाया।
नेपाल पत्रकार संघ ने युवराज घिमिरे को धमकाए जाने पर कड़ी प्रतिक्रिया व्यक्त करते हुए इसे नेपाल के मामलों में भारत का हस्तक्षेप बताया है।
इस संबंध में शनिवार को नेपाल पत्रकार संघ के महासचिव उजिरल ने वक्तव्य जारी कर भारतीय दूतावास की इस हरकत को कूटनीतिक मर्यादा के विपरीत नेपाली मीडिया की स्वतंत्रता में हस्तक्षेप बताया।
युवराज घिमिरे नेपाल के प्रतिष्ठित पत्रकार हैं। वे बीबीसी, कांतिपुर पोस्ट व इंडियन एक्सप्रेस के साथ कार्य कर चुके हैं।
नेपाली ऑनलाइन पोर्टल खबरडबली की खबर के अनुसार अभय कुमार ने युवराज घिमिरे को फोन करके भारत के विरुद्ध समाचार प्रकाशित करने को लेकर धमकी दी और इसे पीत पत्रकारिता बताया।
नेपाल के वरिष्ठ पत्रकार नरेश ज्ञवाली ने इस घटना को नेपाल की संप्रभुता में भारतीय हस्तक्षेप का चरम नमूना बताया है।
आइए देखते हैं Khabardabli.com की मूल खबर -
सम्पादक युवराज घिमिरेलाई भारतीय दुतावासको धम्की
काठमडौं, वरिष्ठ पत्रकार तथा अन्नपूर्ण पोष्ट दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय सरकारको विरुद्ध बारम्बार समाचार प्रकाशित गरेको भन्दै भारतीय दुतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले धम्क्याएका छन् ।
महाभूकम्पको राष्ट्रिय विपतमा पनि अहोरात्र समाचार लेखेर जनतालाई सू–सूचित गर्ने पत्रकारलाई दुतावासले समाचार लेखेकै आधारमा धम्क्याएको विषयमा नेपाल पत्रकार महासंघले कुटनीतिक मर्यादा विपरित ठहर गर्दै गम्भिर आपत्ती प्रकट गरेको छ ।
शनिबार एक विज्ञप्ति जारी गर्दै महासंघका महासचिव उजिर मगरले भारतीय दुतावासको सो अभिव्यक्ति कुटनीतिक मर्यादा विपरित नेपाली मिडियामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन् ।
घिमिरेद्धारा सम्पादित अन्नपूर्ण पोष्ट दैनिकले नेपालमा भारतीय हैकम र हस्तक्षेपका विरुद्ध लागातार समाचार प्रकाशित गरी रहेको थियो । भारतीय दुतावासका प्रवक्ता समेत रहेका अभय कुमारले घिमिरेलाई फोन गरेर ‘पीत पत्रकारीता’ गरेको आरोप लगाउँदै आइन्दा भारत विरोधी समाचार नलेख्न धम्क्याएका थिए ।
यस अघि पनि दुतावासले विभिन्न घटनाहरुमा नेपाली पत्रकार तथा नेपाली नेताहरुलाई धम्क्याउँदै आई रहेको थियो । तर अहिले सम्पादक घिमिरेलाई धम्क्याइनुले नेपालमा भारतीय हस्तक्षेप कति गहिरो गरी जरो गाडेर बसेको छ भन्ने स्पष्ट हुन्छ ।
घिमिरे नेपालमा अन्नपूर्ण पोष्ट दैनिकका प्रधानसम्पादक हुन भने भारतबाट प्रकाशित हुने ‘दि इन्डियन एक्सप्रेस’का नेपाल संवाददाता पनि हुन् । उनी नेपालका अनुभवि पत्रकारहरु मध्ये एक हुन् । घिमिरे बीबीसी तथा कान्तिपुर लगायत कयौं सञ्चारगृहमा रही काम गरी सकेका छन् ।
- See more at: http://www.khabardabali.com/2015/05/17999/#sthash.yboV8xCB.dpuf
नेपाल पत्रकार महासंघ की मूल विज्ञप्ति
२०७२।०१।२६
वरिष्ठ पत्रकार तथा ‘अन्नपूर्ण पोष्ट’ दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कुटनीतिक मर्यादा विपरित लगाएको आरोपप्रति नेपाल पत्रकार महासंघ गम्भीर भएको छ ।
प्रधान सम्पादक घिमिरेका अनुसार बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारमाथि आपत्ति जनाएर ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै धम्काएका थिए ।
विनाशकारी भूकम्पबाट प्रभावित भएर पनि देश र जनतालाई सू–सुचित गर्ने आफ्नो कर्तव्यबाट पछाडी नहटि दिनरात खटिरहेको नेपाली मिडियालाई सम्बन्धित सबैबाट सहयोग र सद्भाव व्यक्त हुनुको साटो स्वतन्त्र पत्रकारिताको मर्म विपरित यसरी आरोपित गरिनु निन्दनीय छ ।
नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भएको भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य के हो भन्ने कुरा सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगतरुपमा प्रधान सम्पादकलाई आरोप लगाइनु आफैंमा नेपाली मिडिया तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।
संचारकर्मीहरुलाई समाचार आफू अनुकुल भएन भन्दै आरोप लगाइनु कुनै पनि अर्थमा कुटनीतिक मर्यादा एवं स्वतन्त्र पत्रकारिताको मर्म अनुकुल हुन सक्दैन । महासंघ घट्नाको छानबिन र संस्थागत धारणाका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँद छ ।
उजिर मगर
महासचिव
नेपाल पत्रकार महासंघ


